धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौँ : धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ।

नाम सिफारिसमा विवाद भएपछि सिफारिस समितिले नै शुक्रबार सूचना सार्वजनिक गर्दै प्रक्रिया नै रद्द गरेको जनाएको हो। अर्थमन्त्रालयले सूचना प्रकाशित गरी नियुक्ति भएका अहिलेसम्म भएका सबै प्रक्रिया रद्द भएको जनाएको हो।

Dengue

जारी सूचनामा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको मिति २०८१/०३/१४ को निर्णय अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि मिति २०८०/११/१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको व्यहोरा सम्वद्ध सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

कानुनले अध्यक्ष नियुक्तिका लागि कम्तिमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरे पनि अन्तिम छनोट प्रक्रियासम्म आइपुग्दा दुईजना मात्रै बाँकी रहेपछि गर्ने कि नगर्ने भन्ने विवाद हुँदा अन्तत प्रक्रिया नै रद्द गरिएको हो।

तीन जना सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि लर्ट लिष्टमा परेका पाँचमध्ये तीन जना कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्तामा अनुपस्थित भएपछि प्रक्रिया अघि बढाउने कि नबढाउने भन्नेमा समिति सदस्यबीच नै विवाद भएको थियो। बोर्डको अध्यक्षका लागि सुरुमा १९ जनाले आवेदन दिएका थिए।

बुधबार अध्यक्ष सिफारिसका लागि बुधबार दुईपटक बोर्डको बैठक बसे पनि कुनै निर्णय हुन सकेन।

सरकारले गत माघ ४ गते अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेको समिति गठन गरेको थियो। गठन हुँदा अर्थसचिव कृष्णहरि पुष्कर भए पनि अहिले मधुकुमार मरासैनीले प्रतिनिधित्व गर्दै आए थिए।

कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ताका सन्तोष नारायण श्रेष्ठ र मुक्ति नारायण श्रेष्ठ मात्रै उपस्थित भएपछि समितिले महान्यायाधीवक्तासँग कानुनी राय मागेको थियो।

महान्यायाधीवक्ता दीनमणि पोखरेलले कानुनअनुसार तीन जना नै सिफारिस गर्नुपर्ने अन्यथा छनोटका लागि पुन शून्यदेखि प्रक्रिया आरम्भ गर्नुपर्ने राय दिएको थियो।

बुधबार समिति संयोजक श्रेष्ठले सर्टलिष्टमा परेका पाँचै जनाको नाम पठाउन प्रस्ताव गरे पनि अर्थसचिव मरासैनीले असहमति जनाएका थिए। समितिमै विवाद भएपछि महान्यायाधीवक्ताको रायअनुसार नै प्रक्रिया रद्द गरिएको हो। अब अध्यक्ष छनोटका लागि सुरुदेनि नै प्रक्रिया थाल्नुपर्ने भएको छ।

धितोपत्र बोर्डको अध्ययक्ष सिफारिसमा सत्तारुढ दुई दल एमाले र माओवादीबीच विवाद छ।

एमालेले उपस्थित भएका दुईमध्येबाट बनाउनुपर्ने अडान राखेको छ भने माओवादी श्रेष्ठद्धयलाई कुनै पनि हालतमा नगर्ने पक्षमा उभिएको छ। त्यसैको परिणाम स्वरुप सिफारिस प्रक्रिया नै रोकिन पुगेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार