मधेसका ८ वटै जिल्लामा वृक्षारोपण, ६५ लाख बिरुवा रोप्ने लक्ष्य

काठमाडौं : राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर मधेसका ८ वटै जिल्लामा वृक्षारोपण गरिएको छ ।

डिभिजन वन कार्यालय धनुषाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मधेसको वन तथा वातावरण मन्त्री त्रिभुवन साहले वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

Dengue

मन्त्री साहले जनकपुर जटही ६ लेन सडकखण्ड अन्तर्गत राष्ट्रिय वृक्षारोपण दिवस २०८१ अवसर पारेर वृक्षारोपण गरे ।

मधेस सरकारले राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ‘एक व्यक्ति एक बिरुवा’ अभियान सञ्चालनमा ल्याएको हो ।

यो अभियान अन्तर्गत मधेसको वन तथा वातावरण मन्त्रालयले ६५ लाख बिरुवा रोप्ने लक्ष्य लिएको मन्त्री साहले जानकारी दिए ।

यद्यपि वर्षभरमा एक करोड बढी वृक्षारोपण गर्ने लक्ष्य लिएको उनको भनाइ छ । रोपिएका बिरुवाहरुको संरक्षणका लागि समेत मन्त्रालयले उचित कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्रालयका सचिव उद्धव घिमिरेले संरक्षणसहितको वृक्षारोपण गर्नु अहिलेको आवश्यकता रहेको बताए । मधेसमा दिनदिनै वन विनाश भईरहेकाले बाढी पहिरोको समस्या बढ्दै गइरहेको र यसलाई नियन्त्रण गर्न वृक्षारोपण मात्र नभई रोपिएका बिरुवाहरुको संरक्षण गर्नेगरी वृक्षारोपण अभियान ८ वटै जिल्लामा सञ्चालनमा ल्याइएको बताए ।

मधेसमा १ सय १ हेक्टर जग्गामा डेढ लाख बढी बिरुवा रोपिएको घिमिरेले जानकारी दिए ।

धनुषाका डिभिजन वन अधिकृत बेचन चौधरीले धनुषाको ३० हेक्टर जग्गामा यो अभियान अन्तर्गत ५० हजार बढी वृक्षारोपण गरिने जानकारी दिए ।

अभियान अन्तर्गत मधेसको वन तथा वातावरण मन्त्रालयले ६५ लाख बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार