मेयर बालेन उपस्थित नभएपछि नगर सभा बैठक स्थगित, एमाले-कांग्रेसले रोकेको आरोप

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएपछि नगर सभा बैठक स्थगित भएको छ।
पार्टीका जनप्रतिनिधिहरु र मेयरबीच विवाद भएपछि सूचना निकालेर बैठक स्थगित भएको हो ।

महानगरपालिका मेयर बालेन्द्र शाहले आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगरसभा बैठक बोलाएका थिए । गत सोमबारको नगरसभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई बालेनले स्वीकार गरेका थिएनन् । नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो ।

Dengue

आजको बैठकमा यसैलाई लिएर विवाद भएको बुझिएको छ । बालेनले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस-एमालेले बैठक रोकेको आरोप लगाएका छन् । फाइल तस्बिर
उनको स्टाटस हेर्नुहोस्ः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार