इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको छत भत्किँदा ६ जना घाइते

एजेन्सी : भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको छत भत्किँदा ६ जना घाइते भएका छन्।

शुक्रबार बिहान भारी वर्षा भइरहँदा विमानस्थलको टर्मिनलतर्फको छत खस्दा ६ जना घाइते भएका हुन्। टर्मिनलको छत त्यहाँ रहेको ट्याक्सी र कारमाथि खसेको हो। कार र ट्याक्सीमा रहेका केही मानिसहरू घाइते भएका हुन्।

Dengue

छतलाई अड्याएर राखिएको बिमसमेत भत्किँदा त्यहाँ पिक अप र ड्रप गर्न आएका गाडीहरू समेत दुर्घटना भएका छन्। नागरिक उड्ड्यन मन्त्री के राममोहन नायडूले घाइतेहरूलाई अस्पताल लगिएको छ। विमानस्थलका प्रवक्ताले भारी वर्षाका कारण ५ बजे टर्मिनल १ को पुरानो डिपार्चरको बाहिरी भाग खसेको बताउँदै घाइतेहरूको उपचार भइरहेको बताएका छन्।

घटनापछि मौसम टर्मिनल १ को सबै उडान रोकिएका छन्। सुरक्षा संवेदनशीलताका कारण चेक इन काउन्टर पनि बन्द गरिएको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार