धनगढीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्री घाइते

धनगढीधनगढीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्री घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-४ मा रहेको आर्मी ब्यारेक अगाडी छ लेन सडकमा मोटरसाईकलले आज पैदल यात्रीलाई ठक्कर दिएको हो।

धनगढीदेखि अत्तरिया तर्फ जाँदै गरेको धनगढीका २३ वर्षीय प्रवेश रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ६१९६ नम्बरको मोटरसाईकलले पैदल यात्री डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-८ का ३९ वर्षीय विकास गुरुङलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाईकलको ठक्करबाट पैदल यात्री र चालक दूबै जना घाइते भएका छन्। उनीहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार