शुदुरपश्चिमको कैलालीबाट साढे पाँच हजार विद्यार्थीहरु उत्तीर्ण

धनगढी : कैलालीबाट २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका पाँच हजार ४२८ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।  यो जिल्लाबाट एसइईमा सहभागी भएका ३०.०५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई धनगढीले जानकारी दिएको छ । सो कार्यालयका अनुसार यो जिल्लाबाट १८ हजार ६० जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए ।

परीक्षा दिएकामध्ये १२ हजार ६३२ जना ६९.९४ प्रतिशत विद्यार्थीको नतिजा राम्रो आएको छैन । परीक्षा उत्तीर्णमध्ये चार जनाले चार जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत प्रतापसिंह धामीले बताए।

Galaxy

उनकाअनुसार ३३४ जनाले ३.६ देखि चार जिपिए, एक हजार २९९ ले ३.२ देखि ३.५९ जिपिए, दुई हजार ९३ जनाले २.८ देखि ३.१९ जिपिए प्राप्त गरेका छन् । यसैगरी, एक हजार ५१९ जनाले २.४० देखि २.७९ जिपिए र १८३ जनाले २.०१ देखि २.३९ जिपिए ल्याएका छन् । पाँच हजार ५० जना विद्यार्थीले ग्रेड सुधार परीक्षा दिन पाउने छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार