१६ वर्षीय विकलको विडम्बनाः पहिरोमा पुरिएको भोलिपल्ट एसईई पासको नतिजा !

काठमाडौँ : लमजुङको दोर्दी गाउँपालिका-९, स्याउत सुनार गाउँका १६ वर्षीय विकल सुनारले चैतमा दिएको एसईईको नतिजा भोलिपल्ट (असार १३ गते) आउँदै थियो। उनी त्यसका लागि उत्सुक थिए। 

तर दुर्भाग्य! अघिल्लो दिन बुधबार (असार १२ गते) बिहानै उनलाई चिकित्सकले मृत घोषणा गरे। मंगलबार राति उनी सुतिरहेको घर पहिरोले पुर्‍यो। दाइ १८ वर्षीय मिलन सुनारसहित उनी पनि घाइते भए। 

Dengue

दुवैजनालाई उपचारका लागि बुधबार बिहानै बेँसीसहरस्थित लमजुङ अस्पताल ल्याइयो। तर ल्याउनेबित्तिकै दुई दाजुभाइमध्ये विकललाई चिकित्सकले मृत घोषणा गरे। 

त्यसको भोलिपल्ट बिहीबार (असार १३ गते) बिहान एसईईको नतिजा सार्वजनिक भयो। 

स्थानीय जनकल्याण माध्यमिक विद्यालयमा पढ्ने उनी पनि २.८० जीपीएका साथ उत्तीर्ण भए। 

विडम्बना! उनी आफूले भने त्यो खबर सुन्न पाएनन्। 

‘बडो दुःखद घटना भयो’, दोर्दी गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले शुक्रबार बिहान नेपालखबरसँग भने। 

अहिले सामाजिक सञ्जालमा सुनारको तस्बिर राखेर धेरैले दुःख व्यक्त गरिरहेका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

86%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार