सुदूरपश्चिममै सर्वाेत्कृष्ट नतिजा ल्याउने छात्रा निकिता अवस्थीलाई गरियो सम्मान

धनगढी : अत्तरिया एसइईको परिक्षामा सामुदायिक विद्यालयहरुबाट सुदूरपश्चिममै सर्वाेत्कृष्ट नतिजा ल्याउने कैलालीको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयकी छात्रा निकिता अवस्थीलाई सम्मानित गरिएको छ ।

शुक्रबार गोदावरी नगरपालिका – ४ की उनलाई नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकाया (ललित) ले नगद सहित सम्मानित गरेका हुन । उनले विद्यार्थीको आगामी शैक्षिक यात्राको सफलताका लागि शुभकामना सहित नगद रु. ५ हजार १ सय रुपैया सहयोग गरेको बताएका छन ।

Dengue

‘सामुदायिक विद्यालयमा अध्ययनरत भएर पनि प्रदेशभरीमा उत्कृष्ट नतिजा ल्याउनु हामीहरुको लागि पनि गर्वको कुरा हो’ उनले भने ‘यस्ता विद्यार्थीहरुले शिक्षा क्षेत्रमा राम्रो प्रगती हासिल गरेर विद्यालय र यो क्षेत्रको नाम उच्चो राख्न सक्छन भन्ने सोचका साथ मैले आफुले सक्ने सानो सहयोग गरेको हुँ ।’

यसैबिच निकितालाई नेपाली कांग्रेस र नेकपा एमालेका वडाकमिटिहरुले सम्मान गरेका छन । शुक्रबार वडामै विभिन्न कार्यक्रमहरु आयोजना गरि निकितालाई कांग्रेस र एमालेका वडाकमिटिहरुले सम्मान गरेका हुन । उनिहरुले खादा र सम्मानपत्रले निकितालाई सम्मानित गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार