सहकारी छानबिन विशेष समितिको बैठक आइतबार बस्ने

काठमाडौं : सहकारी छानबिन विशेष समितिको बैठक आइतबार ११ बजे बोलाइएको छ।

आइतबारको बैठकमा डाक्टर युवराज खतिवडा राधाकृष्ण मैनाली, गौरीबहादुर कार्की, र जयकान्त राहुलसँग सल्लाह सुझाव लिने समितिको तयारी छ । 

Dengue

यसअघि समितिले विभाग सहकारी बोर्ड सहकारी मन्त्री सहकारी विभाग लगायतका निकायसँग छलफल गरिसकेको छ।

यस्तै कानुन मन्त्रालयका सचिवहरूसँग पनि समितिले छलफल गरिसकेको छ ।

यसअघि बुधबारको बैठकबाट  समितिले गोर्खा मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको समिति सदस्य बद्री पाण्डेले बताएका थिए। बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको थियो।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार