बैतडी : बसमा सवार बैतडीका एक जना मृत भेटिएका छन् । कञ्चनपुरबाट बैतडी आउदै गरेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा सवार जिल्लाको दशरथचन्द नगरपालिकाका—९ का ४२ वर्षीया कृष्णानन्द जोशी बसमै मृत फेला परेका हुन् ।
पाटनमा पुग्दा बेहोस अवस्थामा भेटिएका जोशीलाई जिल्ला अस्पताल बैतडी पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
जोशी अत्तरीयाबाट बसमा चढेका थिए । बसका चालक र सहचाकलाई नियन्त्रणमा लिइएको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दनुहोस्