सिटिजन्स बैंक द्धारा सु.प.समावेशी आधारभुत विद्यालयलाई सहयोग

धनगढी: शाररिक रुपमा अपाङ्ग भएका बालबालिकाहरुको आवासिय विद्यालयलाइ सिटिजन्स बैंकले सहयाेग गरेको छ।

सुदुरपश्चिम प्रदेश अत्तरिया कैलालीमा रहेको शाररिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुको आवासिय रुपमा अध्यापन गराउने श्री सु.प.सामावेशी आधारभुत विद्यालयलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड अत्तरिया शाखाले २० वटा पंखाहरु सहयोग गरेको छ ।

Dengue

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले गर्मी मौसमलाई मध्यनजर गर्दै अपाङ्गता भएका बालबालिकाहरु अध्ययनरत विद्यालयमा रहेका आवास भवन तथा पठनपाठन गराउने कक्षाकोठाहरुमा २० वटा भित्ते पंखाहरु र सो पंखाहरु जडान गर्नको लागि आवश्यक वाईरिङ समेत गराई सहयोग गरेको अत्तरिया शाखाका शाखा प्रबन्धक शंकर प्रसाद जोशी बताए।

उक्त कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड सुदुरपश्चिम प्रदेश प्रमुख हरि प्रसाद घिमिरेले २० वटा पंखाहरु श्री सु.प.सामावेशी आधारभुत विद्यालयलाई हस्तान्तरण गरेका थिए ।साथै बैंकले त्यहाँ अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई दिवा खाजा खुवाई कार्यक्रम समापन गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार