बैतडीको मेलौली नगरपालिकामा वडा अध्यक्षले कर्मचारी कुटेपछी…….

बैतडी : बैतडीको मेलौली नगरपालिकामा वडाअध्यक्षले कर्मचारी माथी कुटपीट गरेको भन्दै कर्मचारीहरुले नगरपालिकाका सेवाहरु ठप्प पारेका छन् । वडा न. ९का अध्यक्ष लोकराज भट्टले जिन्सी शाखामा कार्यरत सहायक पाचौँ चक्रमणी जोशी माथी कुटपीट गरेको कर्मचारीहरुको आरोप छ । 

नगरपालिकाका कर्मचारीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै आजैका मिति देखी अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरि आन्दोलन सुरु गरेकाछन् ।

Dengue

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण चन्द लगायतका ३८जना कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सुरक्षाको पुर्ण ग्यारेण्टी नहुन्जेल आन्दोलन जारी राख्ने बताएकाछन् । उनिहरुले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको जनाएको छ । आज नगर प्रमुख भिम बहादुर चन्द नगरपालिका बाहिर रहेकाले उहाँ फर्केपछि सुरक्षाको ग्यारेण्टी गरेमात्रै सेवाहरु सुचारु गर्ने प्रमुख प्रशासकीय अधिकृत चन्दले बताए । 

यता वडाअध्यक्ष लोकराज भट्टले भने दोहोरो हातपात भएको बताएकाछन् । उनले वडाको बजेट वाडको सिफारिस बिनै किन खर्चेको भनि प्रश्न गर्दा कुर्शीबाट उठेर आएको र हातपातको स्थीति श्रृजना भएको बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार