बिहेको बहानामा चीन पुर्‍याएर मानव बेचबिखन, एक महिला पक्राउ

काठमाडौँ : बिहेको बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ। 

मानव बेचबिखन अनुसन्धान ब्युरोले उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए। उनलाई मंगलबार पक्राउ गरी सात दिन हिरासतमा राख्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ।

Dengue

उनले फेसबुकको मेसेन्जरमार्फत एक जना महिलासँग कुराकानी गरेकी थिइन्। आफू चिनियाँ पुरूषसँग विवाह गरी चीनमा आएको र १० वर्षदेखि बस्दै आएको भनेर प्रलोभनमा पारेकी थिइन्।

चीनमा राम्रै सेवासुविधा हुने र पीडित महिलालाई पनि विवाह गरी चीन आउन उनले प्रस्ताव राखेकी थिइन्। विवाहका लागि तयार भएका एक जना धनी चिनियाँ पुरूषलाई चिनेको भनेर प्रलोभनमा पारी ती महिलालाई विवाह गर्न राजी बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

राजी भएसँगै उनले ती महिलालाई काठमाडौंको ठमेलमा चिनियाँ नागरिकसँग भेट गराइदिएका थिए। 

२०८० फागुन १० गते ती महिलालाई भिजिट भिसामा चीन पुर्‍याएको पाइएको थियो। चीन पुगेपछि भने ती महिला चिनियाँ नागरिकको घरमा बन्धकमा परेकी थिइन्। 

शारिरीक र मानसिक यातना दिएर पटकपटक यौन शोषण गरेको अनुसन्धानबाट खुलेको छ। 

महिलालाई बन्धक बनाएर राखेको खुलेपछि चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्धार गरी नेपाल फर्काइएको एसपी गौतम मिश्रले बताए। 

नेपाल फर्किएर पीडितले राईविरूद्ध जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। यसमा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिको खोजी भइरहेको ब्‍युरोले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार