गोदावरीको दुर्गा लक्ष्मी स्कुलकी छात्रा नितिका अवस्थीले ल्याइन ४ जिपिए

धनगढी: २०८० को एसइई परीक्षामा सुदूरपश्चिमबाट नितिका अवस्थीले सर्वाधिक जिपिए हासिल गरेकी छन्। गोदावरी नगरपालिका वडा नम्बर ४ बसन्तपुर स्थायी ठेगना भएकी अवस्थीले स्थानीय दुर्गालक्ष्मी माध्यमिक विद्यालयबाट एसइई परीक्षम सहभागी भएर ४ जिपिए हासिल गरेकी हुन्।

सुदूरपश्चिमबाट २०८० को एसइई परीक्षामा सहभागी मध्ये अवस्थी सर्वाधिक जिपिए हासिल गर्ने विद्यार्थी भएकी छन्। पढाइ तथ अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेकी अवस्थीले परिवार तथा विद्यालयमा राम्रो वातावरण पाएकाले उत्कृष्ट नतिजा हासिल गर्न सकेको बताएकी छन्। सामुदायिक विद्यालयबाट सर्वाधिक जिपिए हासिल गरेकी अवस्थीका बुवा टेकराज अवस्थी स्थानीय चण्डेश्वरी विद्यालयका शिक्षक हुन्। जेठी छोरी नितिका पढ्न तथा अतिरिक्त क्रियाकलापमा अब्बल रहेको अवस्थीले बताएका छन्।

Dengue

विद्यालय, जिल्ला र प्रदेश स्तरीय निबन्ध, वक्तृत्वकला लगायतका प्रतियोगितामा समेत नितिकाले प्रथम स्थान हासिल गर्ने गरेको उनका बुवाले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार