मन्त्रीको खाता नम्बर माग्दै बजेट फिर्ता गर्न सांसदको निर्णय

काठमाडौँ : बागमती प्रदेशसभा सदस्य प्रभात तामाङले प्रदेश सरकारको बजेटले भौगोलिक सन्तुलन कायम गर्न नसकेको बताएका छन् । उनले प्रदेशका नागरिकहरूलाई विभेद गरेर बजेट ल्याएको बताए । 

प्रदेशसभाको बुधवार बसेको बैठकमा प्रदेश सरकारको बजेट माथिको छलफलमा भाग लिँदै सांसद तामाङले बजेट माथि असन्तुष्टि व्यक्त गरेका हुन् । उनले प्रदेशका मन्त्रीहरूले व्यक्तिगत सम्पत्ति जस्तो गरेर राज्यको ढुकुटीमा हालीमुहाली गरेको बताए । सरकार र मन्त्रीहरूले बजेटमा भौगोलिक सन्तुलन कायम भएको प्रमाणित गरे सांसद पदबाट राजीनामा दिने चुनौती दिए ।

Dengue

‘भौतिक पूर्वाधार मन्त्रालयबाट रसुवामा १.९७ प्रतिशत विनियोजन भएको छ । मकवानपुरमा २०.८१ प्रतिशत विनियोजन भएको छ । यो सन्तुलन हो । के मन्त्रीहरूले आफ्नो सम्पत्तिबाट दिनुपर्ने हो । भौगोलिक, क्षेत्रीय सन्तुलन कायम गर्नु पर्दैन । मलाई गलत साबित गरेर देखाउनुस्, म सांसद पदबाट राजीनामा दिन तयार छु’ उनले भने ।

उनले मन्त्रीहरूले रसुवाका लागि विनियोजन गरेको बजेट नागरिकहरूले फिर्ता गर्ने र त्यसका लागि खाता नम्बर दिन आग्रह गरे । प्रदेश सरकारका मन्त्रीहरू पुग्दा बजेट माथिको असन्तुलन पत्तो नभएको उनको भनाई छ । उनका अनुसार सामाजिक विकास मन्त्रालयले निर्धारण गरेको कार्यक्रम भित्र नीतिगत अस्पष्टता रहेको छ ।

‘खेलकुद मन्त्रालयबाट रसुवामा ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । खाता नम्बर दिनुस् रसुवाको जनताले ७ रुपैयाँ फिर्ता गरे पुग्ने देखिन्छ । उद्योग मन्त्रालयबाट नुवाकोटमा एक रुपैयाँ छुट्टाएका छैनन् । उद्योग मन्त्रालयले रसुवामा १५ लाख रुपैयाँ विनियोजन गरेकाे छ । उद्योग मन्त्रीलाई रसुवाका नागरिकले २१ रुपैयाँ फिर्ता गरे पुग्ने रहेछ । रसुवाका जनताले मलाई त्यति गर्न सक्छन् भनेर जिताएका हुन्’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार