एकीकृत समाजवादीको अध्यक्षमा सहमति भए खनाल, चुनाव भए भुसाल लड्ने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को नेतृत्वका लागि सहमति भएमा झलनाथ खनाललाई र चुनाव भएमा घनश्याम भुसाललाई अघि सार्ने दुवै नेताले सहमति गरेका छन्।

काठमाडौंको डल्लुस्थित खनाल निवासमा बुधबार भएको छलफलमा दुवै नेताले सहमति जुटाएका हुन्। आउँदो महाधिवेशनमा मिलेर जान दुवै नेता सहमत भएका छन्।

Dengue

एकीकृत समाजवादीको १०औं महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदै छ। नेतृत्वको लागि अध्यक्ष माधवकुमार नेपालसँगै खनाल र भुसाल पनि दाबेदार छन्। अहिले खनाललाई सम्मानित नेताका रुपमा राखिएको छ भने भुसाल महासचिव छन्।

अध्यक्ष नेपालले फेरि नेतृत्वको लागि तयारी गरेका छन्। खनाल भने नेतृत्वमा सहमति गर्नुपर्ने बताउँदै आएका छन्। यसका लागि उनले आफैलाई अघि सारिरहेका छन्।

एकीकृत समाजवादीमा अध्यक्ष नेपाल बलियो छन्। तीनै जनाले चुनाव लडेमा नेपालकै पल्ला भारी हुने देखेपछि खनाल र भुसाल सहमति गर्न पुगेका हुन्।

डल्लुमा भएको छलफलमा सहभागी एकीकृत समाजवादीका केन्द्रीय सदस्य नरेश शाहीले खनाल र भुसालबीच एकजुट भएर जाने सहमति बनेको बताए। “अध्यक्षमा सहमति बन्यो भने त सकियो, चुनाव हुने भयो भने घनश्याम भुसाललाई समर्थन गर्ने सहमति बनेको छ,” शाहीले भने।

दुवै नेताले सहमतिमा नेतृत्व चयनका लागि पहल गर्नेमा जोड दिएका छन्। त्यसका लागि खनाललाई अघि सार्ने सहमति बनेको छ। अध्यक्षमा खनालका नाममा सहमति नजुटेमा भुसाल उम्मेदवार बन्ने तय भएको शाहीले बताए।

एकीकृत समाजवादीको महाधिवेशनका लागि एक हजार ८०० प्रतिनिधि छनोट भएका छन्। देशका सबै जिल्लाबाट एक हजार ८४९ प्रतिनिधिको व्यवस्था गरिएको थियो। केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले ४९ प्रतिनिधि छनोट गर्न बाँकी छ।

त्यस्तै, महाधिवेशन आयोजक समितिका सदस्य स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको छ। त्यसका आधारमा करीब ४५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन्। छनोट गरिएका प्रतिनिधिको कुल संख्याको पाँच प्रतिशत अर्थात् ९५ जना मनोनयन गर्ने व्यवस्था छ।

नेकपा (एमाले) सँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो। पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार