चन्द्रमाको सतहको नमूना लिएर फर्कियो चिनियाँ यान

काठमाडौंचिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमूना लिएर पृथ्वीमा फर्किएको छ ।

मानवरहित चिनियाँ चन्द्रयान ‘चाङ’ ई-६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो । उक्त यान मंगलबार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ ।

Dengue

चन्द्रमाबाट ल्याइएको नमूना ग्रह निर्माणका बारेमा महत्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुनसक्ने वैज्ञानिकहरूले जनाएका छन् । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले मिसन पूर्ण रूपमा सफल भएको बताएको छ ।

सिन्ह्वाले जनाएअनुसार चिनियाँ यानले ल्याएको नमूनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार