बझाङमा अनावश्यक रोडका मोड बनाउँदा पानीले माटो बगाएर घर पुरिए

बझाङकोे सुर्मा गाउँपालिकामा अनावश्यक रोडका मोडहरु बनाउँदा पानीले माटो बगाएर घर पुरिएका छन्।

बझाङको सुर्मा गाउँ पालिका वडा नं २ अना गाउँमा गए राती आएको भारी बर्षाले माथि पट्टी काटिएका सडकका अनावश्यक मोडहरुबाट पानीले माटो बगाएर ल्याउदा मीन बहादुर बोहराकोे घर पुरिएको र माटोले घर पुरिदा घर भित्र भएका नगद पैसा सहीत सामानहरु पुरिएर घरमा पुर्ण क्षति भएको स्थानीय धिरेन्द्र बोहराले बताए। घरका मान्छे काम विशेषले बाहिर गएको हुनाले मानविय क्षति हुनबाट जोगिएको उनले बताए।

SHIKHAR COOL TECH

यस्तै सोही ठाउँका बिर्ख ब बोहराकोे बङ्गुर फर्म पनि पुरिएको छ भने फर्ममा रहेका ६ ओटा बङ्गुर समेत पुरिएको र बाँकी बङ्गुरहरु भागेर पुरिन बाट जोगिएको बोहराले बताए।

पहाडी क्षेत्रमा सडकहरू निर्माण गर्दा धेरै कुरामा ध्यान दिनु जरुरी हुन्छ। जथाभावी मोडहरू कटिङ गर्दा यस्ता घटनाहरु धेरै घट्ने गरेको पाइन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार