प्रधानमन्त्रीले दिए नेपाल आइडल विजेता परियारलाई  गितार उपहार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडल विजेता करण परियारलाई बधाइ दिएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई दिदै गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Dengue

बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार