आज पानी परेपछि महिनौ दिनसम्मको उखरमाउलो गर्मीबाट कैलालीका बासिन्दालाई राहत

धनगढी : कैलालीमा आज पानी परेपछि महिनौ दिनसम्मको उखरमाउलो गर्मीबाट यहाँका बासिन्दालाई राहत मिलेको छ । आज बिहानबाट वर्षा भएपछि मौसम चिसो भई  गर्मीबाट राहत मिलेको हो । 

यस अघिसम्म यहाँ अत्यधिक गर्मी थियो । जिल्लाको पूर्वी क्षेत्रलगायत केही भूभागमा हिजो अस्ति हल्का पानी परे पनि धनगढीलगायतको विभिन्न क्षेत्रमा पानी परेको थिएन । मनसुनी वर्षा भएपछि गर्मीबाट छुट्कारा पाएको धनगढीका देवेन जोशीले बताउनुभयो । 

Dengue

नेपालमा मनसुन यसवर्ष चाँडै प्रवेश भए पनि यस प्रदेशसम्म पुग्न ढिलो भएको थियो । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा आज बिहान जारी गरिएको मौसम बुलेटिनमा उल्लेख छ ।  

वर्षा भएपछि किसानलाई पनि सहज भएको छ । पानीको पर्खाइमा रहेका उनीहरु खेतीपातीको काममा सक्रिय भएका छन् ।                                                                   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार