धनगढीमा चट्याङ लागेर युवकको मृत्यु

धनगढी : धनगढीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरीको बुधबार बिहान चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dengue

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिह बोहोराले चौधरीलाई आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेको बताए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको बोहोराले बताए । अहिले चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार