सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्यो

काठमाडौँ : बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको जानकारी दिएको हो । 

जसअनुसार छापावाल सुन तोलामा बुधबार १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

Dengue

यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार हुँदा चाँदीको पनि मूल्य घटेको छ । 

मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार