बैतडी पाटनमा करेन्ट लागेर दुई बाख्रा मरे

बैतडीको पाटन नगरपालिका–९ बिजयापुरमा विद्युतको पोलमा करेन्ट लागेर दुई वटा बाख्राहरु मरेका छन् ।

मंगलबार दिउँसो करिब १ बजेको समयमा पाटन नगरपालिका–९ बजौटेका स्थानीय नरेन्द्र सिंह बिष्ट एक र भानदेव बिष्टका एक गरी दुईवटा बाख्रा मरेका हुन् । खोड्पे देखि गाँजरी जोड्ने थ्री फेस लाईनको पोलमा करेन्ट लागेर बाख्राहरु मरेको पिडत भानदेव बिष्टले बताए ।

Dengue

यस विषयमा जानकारी पाएको र पिडितपक्षबाट निवेदन आएपछि क्षतिपुर्तीका लागि सिफारिस गरिने विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले बताए । विद्युत लाईनमा देखिने समस्या समाधानको लागि पगि आवश्यक कार्य गरिने वितरण केन्द्रले बताएको छ ।

गत वर्ष पनि भानदेव बिष्टकी बुहारी कमला बिष्ट रुखमै लत्रिएको तारबाट बहेको करेन्ट लागेर घाइते भएकी थिइन् । घाइते बिष्टले हालसम्म क्षतिपुर्ती र उपचार खर्च समेत पाएकी छैनन् ।

विद्युतको चरम लपरवाहीका कारणले यस्ता घटनाहरु विगत देखी घटी रहेको स्थानीयहरुको गुनासो गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार