जनकपुरधाम उपमहानगरपालिकाले किन ल्याउन सकेन बजेट?

काठमाडौँ : मेयरसँग वडाध्यक्ष र कर्मचारीहरू विवादका कारण जनकपुरधाम उपमहानगरपालिकाको बजेट कानूनले तोकेको म्यादमा प्रस्तुत हुन सकेन।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ को दफा ७१ र ‘अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४’ को दफा २१ को व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र अर्को आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने व्यवस्था छ।

Dengue

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहसँग वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण साह, लेखा अधिकृतको विवादका कारण असार १० गते बजेट प्रस्तुत हुन नसकेको हो।

बजेट पेश हुन नसकेको सम्बन्धमा सोधिएको प्रश्नमा मेयर साहले कार्यपालिका सदस्यहरू र प्रमुख प्रशासकीय अधिकृतलाई दोषी देखाए।

‘वडाध्यक्षहरू पनि असन्तुष्ट छन्। प्रमुख प्रशासकीय अधिकृत बिरामी परेको बहाना लगाएर हिँडिसके। नगरसभा नै हुन सकेन,’ मेयर साहले भने, ‘(प्रशासकीय अधिकृत) किन गए मलाई थाहा भएन, उहाँलाई नै सोध्नुस्, स्वास्थ्य समस्या भयो, उपचारका लागि काठमाडौं जानुपर्ने भयो भनेर निवेदन दिनुभएको छ।’

उनले प्रमुख प्रशासकीय अधिकृत सोमबार दिनभर सामान्य प्रशासन मन्त्रालयमा रहेको भन्ने खबर आफूले सुनेको बताए।

मेयर साहसँग बहुमत कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत रूष्ट छन्। उनीहरूमध्ये केहीले मेयरको व्यवहारले आफूहरू हैरान भएको बताउने गरेका छन्।

मेयर साहले उपमहानगरको नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न गत यही असार ७ गते कार्यपालिका बैठक बोलाएका थिए। आर्थिक वर्षको बजेट कार्यपालिकाबाट स्वीकृत गराएर मात्रै सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार