जादुगरजस्तो उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऊँ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरू पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले यस्तो बताएका हुन् ।

आउँदो निर्वाचनमा कांग्रेसले कम्तीमा १०० सिट ल्याउने गरी लाग्न उनले पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे । ०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र योबीचमा पार्टी निर्माणमा लाग्नुपर्नेमा उनले जोड दिए ।

Dengue

उनले ‘जादुगरजसरी यताउति उफ्रिने काम’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोडिदिन आग्रह गरे ।

महामन्त्री थापाले कांग्रेसले ०८४ मा कम्तीमा ४० प्रतिशत मत ल्याउने गरी पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार