दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढेको छ। यसदिन नेप्से ०.२७ प्रतिशतले बढेर २०७१.७७ विन्दुमा बन्द भएको छ। यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

सोमबार पाँच अर्ब ७ करोड ७२ लाख ५५ हजार ११६ रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब १८ करोड ७७ लाख ९६ हजार ८८३ रूपैयाँको सेयर कारोबार भएको छ।

Dengue

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८९ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३१९ वटा धितोपत्रको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार १५१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५ को मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

उक्त डिबेन्चरको मूल्य एक हजार एक सय रूपैयाँ कायम भएको छ।

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४७१ रूपैयाँ १० पैसा कायम भएको छ।

साधना लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। 

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २९७ रूपैयाँ ८० पैसा कायम भएको छ।

यस्तै, एनआइबिएल स्टेबल फण्डको मूल्य ४.०५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रूपैयाँ ३० पैसामा झरेको छ।

मंगलबार आरएसडिसी लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ६९६ रूपैयाँमा १४ करोड ८३ लाखको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ५.०६ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६८२ रूपैयाँ ९० पैसामा १२ करोड ६२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको परिसूचक घटेको हो।

यसदिन लगानी समूहको परिसूचक सर्वाधिक १.७० प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक २.१५ प्रतिशतले घटेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार