विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल

एजेन्सी : बलिउड अभिनेत्री अमिषा पटेलले आफु विवाहको लागि तयार भएपनि केटा नभेटिएको प्रतिक्रिया दिएकी छन् ।

सामाजिक सञ्जालमा एक फ्यानले सोधेको प्रश्नको जवाफ दिदै ४९ बर्षिय अभिनेत्री पटेलले फ्यानका धेरै प्रश्नको रोचक जवाफ दिदै आफु धेरै दिनदेखि विवाहको लागि तयार रहेको र अहिलेसम्म केटा फेला नपरेको बताएकी हुन् ।

Dengue

उनलाई एक फ्यानले सलमान खान पनि अहिलेसम्म अविवाहित रहेको उनैसँग विवाह गर्न सुझाव दिएका छन् । सो प्रश्नको जवाफमा पटेलले भनिन्- , ‘सलमान र म अविवाहित छौं, त्यसकारण हामीले बिहे गर्नुपर्छ जस्तो लाग्छ ? यसमा औचित्य के छ ? उनीहरु फिल्मको कुरा गर्दैछन् कि वास्तविक विवाहको ?’

सन् २००० मा अभिनेता ऋतिक रोशनसँग सुपर हिट फिल्म कहो ना प्यार है बाट बलिवुडमा डेभ्यु गरेकी थिइन् । उनले त्यसपछि गदर र गदर-२ जस्ता सुपर हिट फिल्ममा काम गरेकी छन् ।

उनले फ्यानहरुसँग कुरा गर्दै आफ्नो नयाँ फिल्म ‘हमराज’ को सिक्वेलको बारेमा पनि कुरा गरेकी थिइन् ।  साथै उनले ‘गदर ३’ को अफर आयो भने स्क्रिप्ट मन पर्यो भने काम गर्ने बताएकी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार