मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं : मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ का ४२ वर्षीय मनोज महर्जन छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

Dengue

वैदेशिक रोजगारी भनेर दुबई लगेर बेचेको भन्दै उद्दार भएर फर्केपछि एक महिलाले १९ चैतमा ब्यूरोमा जाहेरी दिएकी थिइन् । उनकै जाहेरीको आधारमा महर्जनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी गौतम मिश्रले जानकारी दिए ।

महर्जन यसअघि पनि वैदेशिक रोजगारीको कसुरमा ७ वर्ष कैद बसी २०७९ चैतमा छुटेको खुलेको छ ।उनले दुबईमा टिस्यु पेपर प्याक गर्ने काममा मासिक १८ सय दिराम हुन्छ भन्दै २लाख ९० हजार रुपैयाँ समेत लिएको खुलेको छ ।

त्यसपछि भिजिट भिसामा पीडित महिलालाई दुबईमा पुर्‍याएर मानव बेचबिखन गरिएको आरोप लागेको छ । पक्राउ परेका महर्जनविरुद्ध ५ दिनको म्याद लिएर मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार