राम मन्दिर बनाउन नेपालबाट अयोध्या लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम

काठमाडौँ: राष्ट्रिय सभा सदस्य वामदेव गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताएका छन् । 

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यसअघिको कांग्रेस सम्मिलित नेकपा (माओवादी केन्द्र) को सरकारले  भारतको अयोध्यामा रामको मन्दिर बनाउन शालिग्राम पठाएको भन्दै शालिग्रामबाट नै हिरा बन्ने भएकाले भारतले सो सम्पत्ति फिर्ता गर्नुपर्ने बताएका हुन् । उनले हिरा बन्ने २४ टन नेपाली सम्पत्ति सित्तैमा भारतलाई बुझाउने काम भएको भन्दै आपत्ति जनाए । 

Seti Hospital

उनले भने, ‘गएको सरकार, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) अन्य कतिपय राजनीतिक पार्टीहरू मिलेर बनेको सरकारको पालामा भारतको अयोध्यामा रामको मन्दिर बनाउन उनीहरूले नेपालमा शालिग्राम मागे रे । नेपाल सरकारले धूमधामसित त्यो शालिग्राम उठाएर गाडीमा राखेर अयोध्या लगिदिए । त्यसबाट रामको मन्दिर त बनेन । मलाई त्योसँग मतलब छैन । त्यो शालिग्राम के हो ? मैले शालिग्रामबाट नै हिरा बन्छ भनेँ । वैज्ञानिकसँग सम्पर्क गरेँ, मैले बुझेँ । हिरा बन्ने २४ टन नेपाली सम्पत्ति सित्तै भारतलाई बुझाउने काम भयो । त्यो नेपालले फिर्ता पाउनुपर्छ । त्यो हाम्रो सम्पत्ति हो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार