अत्तरियामा कपडा तस्कर माथि प्रहरीको नजर

धनगढी : कैलालीको अत्तरियामा दैनिक जसो तस्करीका कपडा बरामद हुन थालेका छन् । यस क्षेत्रमा भारतबाट अवैध रूपमा कपडा आयात गरेर व्यापार हुने गरेको विगत देखि गुनासो आउने गरेको भए पनि प्रहरीले चासो दिने गरेको थिएन । पछिल्लो केही दिन यता प्रहरीले यस्ता तस्कर समूह माथि निगरानी गर्न थालेपछि दैनिक जसो अवैध कपडा लगायतका सामान बरामद हुन थालेको छ ।

आइतबार मात्रै सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र यस इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले गोदावरी नगरपालिका – २ अत्तरिया रिङरोडबाट भारतबाट भन्सार छली ल्याएका लुगा कपडा बरामद गरेको छ । ती लुगा कपडा ९० हजार मूल्य बराबरका रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Dengue

प्रहरीले शनिवार पनि अत्तरियाबाट भन्सार छलीका ९१ हजार १ सय मूल्य बराबरका भन्सार छलीका कपडा बरामद गरेको थियो । जसमा कुर्ता/सुरुवाल, सुट र थानको कपडा रहेका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले भारतबाट भित्र्याइएको कपडा अत्तरिया हुँदै अन्य ठाउँमा पठाउने क्रममा पक्राउ पर्ने गरेको बताए । उनले यस्ता कपडा बरामद हुँदा कसैले पनि आफ्नो दाबी नगरेकाले मानिस पक्राउ नपरेको बताए । भारतबाट अत्तरिया सम्म कपडा आयात गर्ने भने पक्राउ पर्न सकेका छैनन् । भारतबाट कपडा ल्याउने माथि प्रहरीले निगरानी बढाएको डिएसपी थापाले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार