बढ्यो बैंक तथा वित्तीय क्षेत्रको खुद सम्पत्ति

काठमाडौँ : २०८० पुस मसान्तसम्मको तथ्याङ्क अनुसार नेपाली बैंक तथा वित्तीय संस्थाहरुको खुद सम्पत्ति ८७ खर्बभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंक वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षण २०८०/८१ अनुसार वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा आन्तरिक सम्पत्ति ६९ खर्ब ४३ अर्ब ९ करोड पुगेको हो । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्क हो । 

२०८० असार मसान्तमा १४ खर्ब ४७ अर्ब ६ करोड रुपैयाँ रहेको वैदेशिक सम्पत्ति ६.६ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा १५ खर्ब ४४ अर्ब ९९ करोड पुगेको र २०८० पुस मसान्तमा थप १९.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

Galaxy

यसैगरी आन्तरिकतर्फ वित्तीय क्षेत्रको दाबी २०८० असार मसान्तमा ६८ खर्ब ४० अर्ब ६८ करोड रुपैयाँ रहेकोमा २०८० असोज मसान्तसम्ममा ०.५ प्रतिशतले वृद्धि भई ६८ खर्ब ७४ अर्ब ४३ करोड पुगेको र २०८० पुस मसान्तमा थप १.५ प्रतिशतले वृद्धि भई ६९ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

  • सरकारमाथिको खुद दाबी घट्यो

तथापि, समीक्षा अवधिमा वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी भने केही घट्न पुगेको छ । २०८० असार मसान्तमा १० खर्ब २४ अर्ब ९५ करोड रुपैयाँ सरकारमाथिको दाबी रहेकोमा ४.६ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा ९ खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँमा झरेको र २०८० पुस मसान्तमा थप ८.३ प्रतिशतले घट्न गई ९ खर्ब ४० अर्ब ३४ करोडमा झरेको केन्द्रीय बैंकले जनाएको छ ।

यसैगरी वित्तीय क्षेत्रको सार्वजनिक गैर–वित्तीय संस्थामाथिको दाबी २०८० असार मसान्तमा ३६ अर्ब ७६ करोड रुपैयाँ रहेकोमा १६.४ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा ३० अर्ब ७४ करोड रुपैयाँ रहेकोमा २०८० पुस मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई ३६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २०८० असार मसान्तमा ५७ खर्ब ७८ अर्ब ९७ करोड रुपैयाँ रहेकोमा १.५ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा ५८ खर्ब ६६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने २०८० पुस मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई ५९ खर्ब ६५ अर्ब ९२ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार