राजदूतका लागि रास्वपाले माग्यो आवेदन,१४ असारभित्र आवेदन दिइसक्नुपर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय क्षेत्रीय संगठनहरूमा राजदूत, स्थायी प्रतिनिधि वा विशेष प्रतिनिधि नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

रास्वापले पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा रहेको कार्यदलले राजदूत सिफारिस मापदण्ड बनाएको जानकारी पनि दिएको छ ।

Dengue

जसअनुसार रास्वपाको तर्फबाट सिफारिस र समन्वयका लागि आवेदनमागेको हो ।

पार्टीले तयार पारेको मापदण्डअनुसार १४ असारभित्र आवेदन दिइसक्न वा सिफारिस गर्न आग्रह गरेको छ । साथै आगामी दिनका लागि रोष्टर पनि तयार पारिने रास्वपाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार