यी ५ खानेकुरा जसले मस्तिष्कलाई बनाउनेछ तेज

काठमाडौँ : मस्तिष्क हाम्रो शरीरको सबैभन्दा जटिल अंग हो, जसले निरन्तर काम गरिरहन्छ। यस्तो अवस्थामा शारीरिक स्वास्थ्यमा जति ध्यान दिनुपर्छ, त्यति नै मानसिक स्वास्थ्यमा पनि ध्यान दिन जरुरी छ ।

यसका लागि तपाईंले आफ्नो आहारमा केही सुपरफुडहरू समावेश गर्न सक्नुहुन्छ। यसले मस्तिष्कको कार्यक्षमता र स्मरणशक्ति सुधार गर्न पनि मद्दत गर्छ।

Dengue

माछा

माछा शरीरकाे लागि निकै नै फाइदाजनक मानिन्छ । साल्मन, म्याकरेल र टुना प्रजातीका माछामा प्रचुर मात्रा ओमेगा-३ पाइन्छ। यी फ्याटी एसिडहरूले मस्तिष्कको विकास र कोशिकाहरूको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छन्।

हार्वर्ड हेल्थको साइटले उल्लेख गरेअनुसार ओमेगा-३ ले मस्तिष्कलाई तिखाे बनाउन र स्मरणशक्ति सुधार गर्न मद्दत गर्दछ।

एन्टि अक्सिडेन्ट युक्त फलफूल

स्ट्रबेरी, ब्लुबेरी र रास्पबेरीजस्ता फलफूलमा एन्टि अक्सिडेन्ट पाइन्छ। यी एन्टिअक्सिडेन्टहरूले मस्तिष्कका कोशिकाहरूलाई क्षति हुनबाट जोगाउँछ, जसले स्मरणशक्ति बलियो बनाउँछ र सिक्ने क्षमता बढाउँछ।

सम्पूर्ण अन्न

कोदो, जौ र ब्राउन राइस जस्ता अन्नमा भिटामिन ई प्रशस्त हुन्छ। भिटामिन ईले मस्तिष्क कोशिकाहरूलाई अक्सिडेटिभ क्षतिबाट बचाउँछ र मस्तिष्कलाई तीखो राख्न मद्दत गर्छ। साथै, सम्पूर्ण अन्नमा पाइने फाइबरले मस्तिष्कमा पोषक तत्वहरू पुर्‍याउन मद्दत गर्छ।

टमाटर

टमाटरमा लाइकोपीन नामक एन्टिअक्सिडेन्ट पाइन्छ । लाइकोपीनले मस्तिष्कलाई बुढ्यौलीसँग सम्बन्धित क्षतिबाट बचाउन र स्मरणशक्ति बलियो बनाउन सक्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार