बाढीले बन्यो ‘धानको विकल्प धान’, मौसमसँग जुझ्दै कैलालीका किसान

धनगढी : कैलालीका किसानलाई यतिबेला चैते धान भित्र्याउने चटारो छ । बादल लाग्ने, हावाहुरी चल्ने र फाट्टफुट्ट पानी पर्ने पनि भइरहेकाले किसानहरु धमाधम धान भित्र्याइरहेका हुन् । बाढीले क्षति पु¥याउन थालेपछि चैते धान लगाउन थालेका किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याइ छ ।

कैलालीको भजनी नगरपालिका–८ खैराका किसान वीरबहादुर चौधरीले चैते धान काटिसकेका छन् । उनले साढे तीन बिघा जमिनमा चैते धान लगाएका थिए । पानी पर्ने डरले उनले काचो धानसमेत काटेको बताए । ‘लगभग लाएजति सबै धान पाकिसकेको थियो, केही धान पाक्न बाँकी थियो, पानी पर्ने डरले सबै धान काटिदिएँ’, उनले भने, ‘यस्तो मौसम भइराछ, कहिले बादल लाग्ने कहिले हावाहुरी आउने भइराछ, यता पानी त परेको छैन तर परिहाल्छ कि भनेर काटिदिएँ ।’

SHIKHAR COOL TECH

कैलारी गाउँपालिका–७ भुइयाँफाँटाका किसान फिरुराम चौधरीले पनि चैते धान काटिसकेका छन् । साढे चार बिघा जमिनमा चैते धान लगाएका उनी अहिले सोही जमिनमा बर्खे धान रोपिरहेका छन् । ‘मैले दुई पल्ट गरेर चैते धान काटे, एकपल्ट आधा अनि अर्को पल्ट बाँकी रहेको आधा’, उनले भने, ‘भर्खर पानी पर्न थाल्या छ, धान समयमै पाक्यो अनि काटिहाल्यौँ ।’ उनले पनि कम्पेन ल्याएर धान काटेका छन् ।

कम्पेनले धान काटेबापत प्रतिबिघा ६ हजार रुपैयाँ तिर्नुपर्ने उनी बताउँछन् । ‘छिमेकी गाउँमा कम्पेन छ, त्यहीँबाट ल्याएर काट्यौँ’, उनी भन्छन्, ‘कम्पेनले एक बिघाको धान काटेको ६ हजार तिर्नुपर्छ ।’ उनले धानबाट मुनाफा आए÷नआए पनि हातले धान काट्न सम्भव नभएको हुँदा कम्पेनले काटेको बताए । ‘खेती गरिराछौँ, यो भन्दा अरु काम केही छैन पनि, धानबाट कम बढी जति फाइदा भएपनि चार÷चार बिघामा लगाएको धान हातले काट्न सकिँदैन, महङ्गै भएपनि कम्पेनले नै काट्छौँ, फेरि कतिबेला पानी पर्छ थाहा छैन’, उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार