गर्मीमा धेरै पाउडर लगाउँदा यस्ता समस्या आउन सक्छन्

काठमाडौँ : गर्मी मौसममा मानिस चिसो महसुस गराउन तथा घमौराबाट बच्न पाउडरको धेरै प्रयोग गर्छन् । पाउडर लगाउँदा छालालाई चिसो महसुस त हुन्छ, तर यसका नोक्सानि पनि छन् ।

पाउडरले गर्दा छाला सुख्खा हुन थाल्छ । साथमा यसले छालामा रुखोपन ल्याउँछ । त्यसैले धेरै पाउडरको प्रयोग गर्नबाट बच्नुपर्छ ।

Dengue

पाउडरको धेरै प्रयोग गर्दा र्‍यासेज पनि हुन्छ । पाउडर सुक्ने भएकाले छाला सुख्खा हुन्छ र चिलाउने गर्छ । त्यसपछि र्‍यासेज आउँछ ।

अत्यधिक प्रयोगले पाउडरमा पसिना मिसिन्छ जसले गर्दा छालामा संक्रमणको खतरा बढ्छ । संक्रमण शरीरमा फैलँदै गयो भने समस्या हुन सक्छ ।

पोर्सहरुले छालाको फोहोर बाहिर निकाल्छन् । तर पाउडरको धेरै प्रयोगले पोर्सहरु बन्द हुन्छन् । पोर्स बन्द भएपछि फोहोर छालामा रहिरहन्छ र धेरै प्रकारका समस्या हुन सक्छन् ।

छालाबाहेक पाउडरले फोक्सोसँग जोडिएका समस्या पनि हुन सक्छन् । पाउडर अनुहार, घाँटीको वरिपरि लगाउँदा साना साना कण मुखबाट भित्र जान्छन् । जसले स्वाससँग जोडिएका समस्या पनि ल्याउन सक्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार