हेर्नुहोस् यस्तो छ तपाईको आजको राशिफल

काठमाडौं : आज २०८१ असार १० गते सोमवारको तपाईको दिन यस्तो रहनेछ ।

मेष
अ, आ, चू, चे, चो, ला, ली, लू, ले, लो

Dengue

मेहनतको फल पाइने छ । सामाजिक कार्य गर्ने रुचि रहने छ । मान–सम्मान पाइने छ । कुनै मनोरञ्जक यात्राको योजना बन्ने छ । गलत स्वभाव भएका व्यक्तिबाट टाढै रहनु होला ।

वृष
ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । ठूलो काम गर्ने मन बन्ने छ । परिवारको सहयोग पाइने छ ।

मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह

नवीन वस्त्राभूषण प्राप्तिमा खर्च हुनेछ । यात्रा मनोरञ्जक रहने छ । भाइहरुको सहयोग प्राप्त हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

कर्कट
ही, हू, हे, हो, डा, डी, डू, डे, डो

पारिवारिक चिन्ता कायम रहने छ । लेन–देनमा हतार नगरौं । विवादलाई नबढाउनु होला । बुद्धिको प्रयोगले लाभमा वृद्धि हुनेछ ।

सिंह
मा, मी, मू, मे, मो, टा, टी, टू, टे

परिवार तथा साथीहरुसंग कुनै मनोरञ्जक यात्राको आयोजना हुनसक्छ । रोकिएको पैसा प्राप्त हुने योग छ । साथीहरुको सहयोगले कार्य पूर्ण हुनेछ ।

कन्या
ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

कार्यस्थलमा परिवर्तन सम्भव छ । योजना फलीभूत हुनेछ । उत्साह एवं प्रसन्नता रहने छ । स्वास्थ्‍य उत्तम रहने छ । समय शुभ छ ।

तुला
रा, री, रू, रे, रो, ता, ती, तू, ते

कुनै धार्मिकस्थलको यात्राको आयोजना हुनसक्छ । सत्संगको लाभ पाइने छ । पारिवारिक सहयोग पाइने छ । सुख–शान्ति कायम रहने छ ।

वृश्चिक
तो, ना, नी, नू, ने, नो, या, यी, यू

चोट तथा दुर्घटनाबाट हानिको सम्भावना छ, लापरवाही नगर्नु होला । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । आम्दानमा कमी हुनसक्छ ।

धनु
ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

हतारमा काम बिग्रन तथा समस्या बढ्न सक्छ । प्रेम–प्रसंगमा अनुकूलता रहने छ । कुनै वरिष्ठ व्यक्तिको सहयोगले कार्यमा सहजता आउने छ ।

मकर
भो, जा, जी, खी, खू, खे, खो, गा, गी

भूमि, भवन, पसल शोरूम अथवा कारखाना आदि किन्ने योजना बन्ने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । प्रसन्नता रहने छ ।

कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो, दा

बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । पार्टी अथवा पिकनिकको कार्यक्रम बन्न सक्छ । कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

अरुबाट धेरै अपेक्षा गर्नु हुनेछ । हतार गर्दा काममा वाधा उत्पन्न हुनेछ । साथीहरुसंग समय सुखद तरिकाले बित्ने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार