विपन्न बालबालिकाको शिक्षामा मेयर हमालको पारिश्रमिक

धनगढी : धनगढी उपमहानगरपालिका मेयर (नगरप्रमुख) गोपाल हमालले आफूले पाउने पारिश्रमिक रकम ग्रामीण भेगका सामुदायिक विद्यालयका विद्यार्थीहरूको लागि स्टेशनरी उपलब्ध गराउने भएका छन् ।

नगरप्रमुख हमालले आगामी आर्थिक वर्ष २०८१/८२ को तलब–सुविधाबाट पाउने करिब १० लाख रुपैयाँबाट कापी, कलम खरिद गरेर ग्रामीण भेगका सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूलाई उपलब्ध गराउने भएका हुन् ।

Dengue

धनगढी नगरप्रमुख हमालले सुरुदेखि नै आफ्नो पारिश्रमिकसहितका सबै सुविधा रकम विद्यालय लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । उनले आर्थिक वर्ष २०७९/८० म आफूले पाएको करिब १० लाख रुपैयाँबाट कक्षा ८ मा सून्य नतिजा ल्याएका धनगढीका १७ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराएका थिए ।

आर्थिक अभावमा कतिपय विद्यालयका विद्यार्थीहरूले कापी, कलमलायतका शैक्षिक सामग्री किन्न नसक्ने, बीचमै स्कुल छोड्ने तथा नियमित स्कुल नजाने समस्या रहेको छ । नगरप्रमुख हमालले आर्थिक अभाव भएका बालबालिकाको पठनपाठनमा समस्या नहोस् भनेर आफूले पाउने पारिश्रमिकबाट शैक्षिक सत्रको सुरूवातदेखि नै विद्यालयमा कापी, कलम वितरणको अभियान सुरु गरेको बताए ।

नगरप्रमुख हमालले विद्यार्थीहरूको सिकाइमा सुधारको लागि सहयोग गर्न विभिन्न संघसंस्था तथा ब्यक्तिहरूलाई अभियानमा संलग्न हुन आह्वान गरेका छन् । उनले भने– विद्यालय र विद्यार्थीहरूको संख्या धेरै छ । कापीकलम किन्न समस्या भएका बालबालिकाको शिक्षामा सुधार ल्याउने यो अभियान योगदान दिन हार्दिक अपिल गर्दछु ।

नगरप्रमुख हमालले विद्यार्थीहरूलाई कापी उलब्ध गराउने संघसंस्था तथा ब्यक्तिहरूले आफूले चाहेको तस्बिर, सन्देशमुलक सामग्री, संस्थाको नाम तथा अरु कुनै सन्देश राख्न सक्ने बताए ।

नगरप्रमुख हमालले उपलब्ध गराएको कापीमा हाम्रो धनगढी, सफा धनगढी तथा फोहोरमैला ब्यवस्थापन, जलवायु परिवर्तन, वृक्षारोपण गरी पर्यावरण बचाउने, दुव्र्यसनीबाट बच्ने उपाय, सरसफाइ सम्बन्धी सन्देशलगायतका चेतनामुलक सन्देश समावेश गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार