अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई पहिलो पटक हरायो

एजेन्सी : अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई पहिलो पटक हराएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत ‘सुपर–आठ’ को समूह ‘एक’ को आज दोस्रो खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको हो ।एजेन्सीअफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई पहिलो पटक हराएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत ‘सुपर–आठ’ को समूह ‘एक’ को आज दोस्रो खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको हो ।

अहिलेसम्म टी–२० विश्वकपमा दुवै टोलीबीच दुई पटक भेट भएको छ । यसअघि सन् २०२२ को विश्वकपमा अस्ट्रेलियाले अफगानिस्तानलाई चार रनले हराएको थियो । आजको जितसँगै समूह ‘एक’ को अङ्क तालिका रोमाञ्चक बनेको छ । समूह ुएकु मा भारत दुई खेलमा चार अङ्कसहित शीर्ष स्थानमा छ । अफगानिस्तान र अस्ट्रेलियाको समान दुई अङ्क रहेको छ

Dengue

समूहमा अब भोलि बेलुका सवा ८ बजे भारत र अस्ट्रेलियाबीच खेल हुनेछ भने अफगानिस्तान र बङ्गलादेशबीच पर्सि मङ्गलवार बिहान सवा ६ बजे खेल हुनेछ । बाँकी खेलमा भारतले अस्ट्रेलियालाई र अफगानिस्तानले बङ्गलादेशलाई हराएमा अफगानिस्तान विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ । यसअघि ‘सुपर–आठ’ को खेलमा अफगानिस्तान भारतसँग ४७ रनले पराजित भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार