नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदुरपश्चिम प्रदेशले मनायो ४५ औँ स्थापना दिवश

धनगढी : नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदुरपश्चिम प्रदेशले आफ्नो ४५ औँ स्थापना दिवश आज धनगढी बसपार्कमा एक कार्यक्रमका बीच मनाएको छ। वि.स २०३६ साल असार ९ गते मजदुर नेताहरुले स्थापना गरेकाे नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदुरपश्चिम प्रदेशले आज आफ्नो ४५ औँ स्थापना दिवशकोे अबसरमा धनगढी बसपार्कमा’श्रमको सम्मान र कार्यादित काम, सामाजिक शुरक्षा कार्यान्वयन हाम्रो अभियान’ भन्ने नारा सहित दुर्घटना न्यूनीकरण तथा सचेतना कार्यक्रम र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री माननीय राजेन्द्र सिंह रावल प्रमुख अतिथि हुनुहुन्थ्यो भने अध्यक्षता संगठनका अध्यक्ष ललित चन्दले गरेका थिए। कार्यक्रममा विभिन्न संगठनका विभिन्न व्यक्तिहरू र चालक सहचालकहरूको उपस्थित रहेको थियो।

Dengue

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले सानो साधन र ठुलो साधन ठोक्किँदा सानो साधनको गल्ती हुँदा हुँदै पनि ठुलो साधनकोे दोष देखाउने नीति गलत छ र यो फेर्न जरुरी छ, यसका लागी म पनि लागेको छु म सदनमा पनि कुरा उठाउँछु भन्दै प्रतिबध्दता गर्नु भयो।

यस्तै विभिन्न उताप चढावका बीचमा पनि विभिन्न आन्दोलन गरेर संगठन आज उच्च स्थानमा पुगेको र ४५ औँ स्थापना दिवसकोे अवसरमा ७, ८ र ९ गते त्रिदिवसीय कार्यक्रम गरेकोे र आज अन्तिम दिन दुर्घटना न्यूनीकरण तथा सचेतना कार्यक्रम सङ्गै रक्तदान कार्यक्रम गरेकोे संगठनका अध्यक्ष ललित चन्दले बताए उनले भने नीतिगत ढंगले हामिले कुरा उठाउन धेरै सम्मस्या भएको र यो निति फेर्न जरूरी रहेको छ । कार्यक्रममा विभिन्न व्यक्तिहरूले रक्तदान गरेका थिए । दुर्घटनामा परेर धाइते भएका एक जना चालकलाई संगठनले नगद सहीत खाद्यान्न राहत स्वरुप सहयाेग समेत गरेकोे थीयो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार