एकैदिन तोलामा २७०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं : आइतबार सुनको मूल्य घटेको छ । साताको कारोबारको पहिलो दिन आज आइतबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

Dengue

त्यस्तै, आइतबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आइतबार १ हजार ८१५ रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार चाँदी तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियाे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार