नाबालिगहरूलाई ‘स्पा’मा वेश्यावृत्ति गर्न लगाउने पक्राउ

काठमाडौं : नाबालिगलाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालक पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका-८ घर भई टोखा बस्ने ४१ वर्षीय रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई सातदोबाटो बस्ने ३३ वर्षीया मखमली माया स्याङतान पक्राउ परेका हुन् ।

उनीहरूले काठमाडौंको ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा नाबालिगहरूलाई विभिन्न किसिमको डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने प्रहरीले जनाएको छ ।

Dengue

उनीहरूले ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका नाबालिगहरुलाई टिकटकबाट कुराकानी गरी राम्रो आम्दानी हुने ब्यूटीपार्लरमा काममा लगाइदिने प्रलोभन देखाई काठमाडौं आउने भाडा समेत पठाएर ल्याएको खुलेको छ ।

पक्राउ परेका दुवैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार