रारातालसम्म पुग्ने ‘नाग्म–गमगडी सडक’ १५ दिनसम्म बन्द हुने

जुम्ला : आन्तरिक तथा बाह्य पर्यटनको एक मात्र उपयुक्त आकर्षण पर्यटकीय गन्तव्यका रुपमा रहेको रारातालसम्म पुग्ने नाग्म–गममडी सडक स्तरोन्नति गर्न उक्त खण्ड १५ दिनसम्म बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक गरेको सूचना अनुसार यही असार ९ देखि २३ गतेसम्म बिहान ५ः३० देखि बिहान १० बजे र दिउँसो १ देखि ४ बजेसम्म सवारी आवगमन बन्द हुनेछन् ।

Dengue

निर्माणाधीन नाग्म–गमगडी सडकखण्डको कनका सुन्दरी गाउँपालिकाको हाँटसिंजा क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले यातायात बन्द गर्नु परेको सडक डिभिजन कार्यालयका प्रमुख चेतनारायण मण्डलले बताए । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने उक्त सडकलाई स्तरवृद्धि गर्न लागिएकाले काम गर्न सहज बनाउने उद्देश्यले यातायात बन्द गरिने उनले जानकारी दिए ।

निर्माण अवधिमा यातायात बन्द हुने भएपछि रारा आउने पर्यटकका साथै मुगु आवतजावत गर्ने यात्रुलाई सास्ती हुने स्थानीय बताउँछन् । नाग्म–गमगडी सडकको पहिलो चरणमा छ किमी सडक कालोपत्र भएको छ । बाँकी चरणबद्ध रुपमा सडकलाई कालोपत्र गरिने जिल्लास्थित सडक डिभिजन कार्यालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार