बैतडीमा महाकाली नदीमा डुबेर बालिकाको मृत्यु, एक बेपत्ता

बैतडी : महाकाली नदीमा डुबेर बैतडीकी बालिकाको मृत्यु भएको छ। अर्की  एकजना बालिका बेपत्ता भएकी छन्। 

शिवनाथ गाउँपालिका–१, स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो भने रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता भएकी हुन्। 

Seti Hospital

शिवनाथ गाउँपालिका–१ कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार बिहान करिब १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएको खबर पाएपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा रजनी मृत भेटिएकी र अस्मिताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार