‘प्रहरी हुँ’ भन्दै व्यवसायीको घरबाट दुई करोड लुुटपाट

काठमाडौं : भक्तपुरमा एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ । आफूहरू प्रहरी भएको र खानतलासीका लागि आएको भन्दै चारपाँचजनाको समूहले दधिकोटका एक व्यवसायीको घरबाट उक्त नगद लुटपाट गरेको भक्तपुर प्रहरीले जनाएको छ । 

“हामीले घटनाको अनुसन्धान गरिरहेका छौँ । हालसम्म कोही पक्राउ परेको छैन,” जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी देव विष्टले भने । 

Dengue

घटना मंगलबार रातिको भए पनि ढिलो सार्वजनिक भएको हो । प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेजमा चाररपाँचजनाको समूह व्यवसायीको घरमा गएको देखिएको छ । सोही फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार