बन्दुक बोक्ने हातमा जब हँसिया लिएर डिएसपि र इन्स्पेक्टर खोलामा छिरे……

काठमाण्डौ : शुक्रबार विहानै प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) शिवराज बुढाथोकी र प्रहरी वृत्त कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक दलकुमार राई हातमा हँसिया लिएर मनोहरा खोला किनारमा उम्रिएको गाँजाको बोट काट्न निस्केपछि वटुवाहरु छक्क पर्दै उनीहरुलाई हेरिरहे ।

वास्तवमा पेस्तोल बोक्ने हातमा हँसिया देखेर वटुवाहरु छक्क परेका थिए ।

Dengue

‘समुदाय—प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, सामुदायिक प्रहरी सेवा कोटेश्वर र कोटदेवी विद्यानगर समाज सुधार समितिको संयुक्त पहलमा खोला किनारको गाँजाको बोट फँडानी गरिएको थियो ।

गाँजा फँडानी गर्न नयाँबानेश्वर वृत्तका प्रमुख, डिएसपि बुढाथोकीले नेतृत्व गरेका थिए भने प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक राईको साथमा कोटेश्वर र नरेफाँट चौकीकासहित ठुलो संख्यामा प्रहरी साथै सामुदायिक प्रहरी, स्थानीय टोलवासी र सामुदायिक सेवा तथा विकास समाजका अध्यक्ष रविन्द्र थापा लगायतका पदाधिकारीहरु पनि सहभागी भएका थिए ।

साथै कोटदेवी विद्यानगर समाज सुधार समितिका पदाधिकारीहरु, स्थानीय नरेफाँटका समाजसेवी, युवा तथा खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

करीव दुई घण्टाको अवधिमा मनोहरा खोला किनार उम्रिएका झण्डै एकहजार गाँजाका बोट नष्ट गरिएको नयाँ बानेश्वर वृत्तका प्रमुख, प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए । हरेक वर्षको वर्षायाममा आफैं उम्रिने गाँजाको बोट प्रहरी र समुदाय मिलेर नष्ट गर्दै आएका छन् ।

आफैं उम्रिएका गाँजाको बोट नष्ट गर्नुमात्र नभई आफ्नो क्षेत्रका युवाहरुलाई गाँजा लगायतका अन्य लागुऔषधको दुव्र्यसनबाट जोगाउन पनि सबैजना एकजुट हुन डिएसपि बुढाथोकीले आग्रह गरे ।

प्रहरी प्रभाग कोटेश्वर अन्तर्गत पर्ने मनोहरा खोला किनारमा उम्रिएको गाँजाको बोट नष्ट गर्ने काम शुक्रबारदेखि शुरु भएको र यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिईने प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक दलकुमार राईले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार