अनेरास्ववियु कैलालीकोे नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा खड्का

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) कैलाली जिल्लाको १७ औँ जिल्ला अधिवेशन बाट जिल्ला अध्यक्षमा कुबेर खड्का सर्वसम्मत चयन भएका छन्।

७ र ८ गते कैलालीकोे मध्यवर्ती क्षेत्र सुख्खडमा सम्पन्न अनेरास्ववियुको १७ औँ जिल्ला अधिवेशनबाट कुबेर खड्काको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएकोे हो। खड्का ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत हुन्। विगत लामो समयदेखि अनेरास्ववियुमा आबद्ध खड्का क्याम्पस कमिटी हुँदै जिल्ला कमिटि सदस्य भएर उनी पछिल्लो समय जिल्ला कमिटी सह संयोजकको भूमिकामा थिए।

Dengue

यस्तै अधिवेशनबाट उपाध्यक्षमा भगवती साउँद र पुष्प सुवेदी तथा सचिवमा हरिश न्यौपाने सर्वसम्मत चयन भएका छन्।सहसचिव भने जिल्ला कमिटि बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिए। सहसचिव बाहेकका अन्य पदाधिकारी र सदस्यहरु भने सर्वसम्मत चयन भएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार