कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) : पूर्व-पश्चिम राजमार्गस्थित कञ्चनपुरको महेन्द्रनगर- सुडा सडकखण्डमा शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको हो । सुप प्र ०२००३ प ६९७० नम्बरको मोटरसाइकल दैजीतर्फ गइरहेको से१त २२६८ नम्बरको ट्याक्टरमा ठोक्किंदा  चौधरीको मृत्यु भएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेश विकले बताए ।

Dengue

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार मनोज चौधरी घाइते भएका छन् । उनको कैलालीको धनगढीमा उपचार भइरहेको छ । प्रहरीले ट्र्याक्टर चालक रामु रानालाई नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

75%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार