ओलीले बजाएनन् रास्वपाको घण्टी, चलाए गाँजाको तान (तस्बिरहरू)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ढिलो पुगे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत पुगेर फर्किएपछि ओली च:माती पुगेका हुन् ।

Dengue

चियापान कार्यक्रममा सहभागी हुँदै ओलीले रास्वपा सभापति रवि लामिछानेसँग केहीबेर संवाद गरे । अन्य नेताहरूले रास्वपाका कार्यालयको घण्टी बजाउँदा ओलीले भने वार्षिकोत्सव मनाउन तयार गरिएको स्थानमा तान बुन्ने काम गरे ।

ओलीले रास्वपा कार्यालयमा छिर्दा घण्टी बजाएनन् । शुक्रबार च:माती पुगेका अरु सबै नेताहरूले सबै घन्टी बजाएर भित्र प्रवेश गरेका थिए ।

तर ओलीलाई सर्वसाधारण र रास्वापाका केही नेताहरूले घन्टी बजाउन अनुरोध गरे पनि मानेनन्। ओलीले घण्टी नबजाए पनि एमाले उपमहासचिव विष्णु रिमालले भने बजाउँदै भित्र प्रवेश गरे ।

यस्तै एमाले नेता तथा कानुनमन्त्री पदम गिरीले पनि घण्टी बजाएर प्रवेश गरे । अन्य उपस्थित सबै नेताहरूले घन्टी बजाएर प्रवेश गर्दा ओलीले त्यसलाई अस्वीकार गरिदिए ।

गाँजा र अन्य विभिन्न नेपाली मौलिक उत्पादनका स्टल अवलोकनका क्रममा ओलीले गाँजाका कपडा बनाउने तान चलाए । उनले केही बेर तान चलाउँदै कपडासमेत बनाउने काम गरे ।

वर्तमान सत्ता गठबन्धनमा रास्वपा सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डसँग भन्दा ओलीसँग निकट छन् ।

गाँजाका कपडाको स्टल राखेका व्यवसायी प्रदीप कार्कीका अनुसार गाँजाका कपडा बुन्ने तान त्यहीँ राखिएको हो । उनले त्यहीँ तानबाट कपडा बुनेर आगन्तुक पाहुनालाई देखाएका थिए । ओलीले पनि त्यही तानमा कपडा बुने ।

नेपालमा तानबाट ऊन, गाँजा, अल्लो र कपाससहितका धागोबाट राडीपाखी, बख्खु, पटुका, कोटलगायत सामग्री बनाउने गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार