हेटौंडा : नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान २४ वर्षीय सन्तोष बोट पक्राउ परेका हुन् ।
कञ्चनपुर घर भएका बोटलाई १७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले बताए ।
उनलाई १६ जेठमै पक्राउ गरिएको र उनीमाथि अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्