धनगढीको निसर्ग हस्पिटलले निःशुल्क गरिदियो आर्थिक अबस्था कमजोर रहेका धनगढी–१२का गोपाल थापाको उपचार

धनगढी : धनगढीको हसनपुर स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले धनगढी–१२ जुगेडाका ३४ बर्षिय गोपाल थापाको निःशुल्क उपचार गरिदिएको छ ।

घर नजिकैको घाँसको रुखबाट खसेर थापाको हात भाँचिएपछि उनलाई परिवारका सदस्यले निसर्ग हस्पिटलमा ल्याएका थिए । आर्थिक अबस्था निकै कमजोर रहेका थापालाई एक साता सम्म हस्पिटलले निःशुल्क उपचार गरेर आज डिस्चार्ज गरेको हो । हस्पिटलका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. श्रीराम खाती, डा. ओमकार बिष्ट, डा. बम बहादुर कुँवर एनेस्थेसियोलोजिस्ट डाक्टर द्धय हेमन्त ओझा र सुनिल भट्ट लगाएतको टिमले थापाको भाँचिएको हातको सफल सल्यक्रिया गरेका हुन ।

Dengue

गोपालकी आमा दिलमाया थापाले हस्पिटल परिवारलाई धन्यवाद दिदै भनिन, ‘हाम्रो त केहि थिएन कोहि थिएन, बिहान बेलुकिको खाना कसरी जुटाउने भन्ने मान्छे यत्रो ठुलो पैसाले कसरी उपचार गर्थेहोला ? मेरो छोराको निःशुल्क उपचार गरिदिएर यो हस्पिटलले हामीमाथी ठुलो गुन लगाएको छ ।’

बिरामिका आफन्तले आर्थिक अभाब कै कारण उपचार गर्न समस्या भएको याचना गरेपछी थापाको निशुल्क उपचार गरिदिएको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए । हस्पिटलले उपचारको लागी आउने बिपन्न परिवारलाइ छुट र आर्थिक अभाव भएकाहरुलाई उपचारमा सहयोग गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार